×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै !

Artha Sarokar

१७ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन र ३ सय ६५ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 
राष्ट्र बैंकले उक्त ट्रेजरी बिल कात्तिक १८ गते अपराह्न २ बजे बोलकबोल प्रक्रियामार्फत् जारी गर्न भएको हो । ९१ दिन अवधिको १० करोड रुपैयाँ र ३ सय ६५ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ गरी कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले ९१ दिनका लागि १० करोड रुपैयाँ र १ अर्ब ५६ करोड रुपैयाँ ३ सय ६५ दिनका लागि गरी १ अर्ब ६६ करोड रुपैयाँको उक्त ट्रेजरी बिल बिक्री गर्ने जनाएको छ । ९१ दिने ट्रेजरी बिल आगामी माघ २१ गते परिपक्क हुनेछ भने ३ सय ६५ दिने ट्रेजरी बिल २०७७ कात्तिक १८ गते परिपक्क हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी