Skip to content
LAXMI SUNRISE BANK

बाँकी रहेका लाभांश बुझ्न आउन एनआईसी बैंकको ताकेता

अर्थ सरोकार

काठमाडौं – एनआईसी एसिया बैंकले विगतमा वितरण गरेको लाभांश रकम बुझ्न बाँकी भए बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलबाट यथाशीघ्र प्राप्त गर्न आग्रह गरेको छ । साथै, लाभांश पुर्जी लिई सकेका शेयरधनीले समेत सो पुर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्नसमेत बैंकले अनुरोध गरेको छ । 
लामो समयदेखि बुझ्न बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ । आव २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन बैंकको भनाइ छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK