×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको खुद नाफामा ४८.०५ प्रतिशतको छलाङ, अन्य सूचकमा पनि आकर्षक सुधार !

PRIME CA
GLOBAL IME BANK

एनएमबि बैंकको खुद नाफामा ४८.०५ प्रतिशतको छलाङ, अन्य सूचकमा पनि आकर्षक सुधार !

२९ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएनबि बैंकले खुद नाफामा ४८.०५% को छलाङ मारेको छ । गत वर्षको पहिलो त्रैमासमा खुद नाफा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ कमाएको बैंकले यस वर्षको पहिलो त्रैमासमा खुद नाफामा ४८.०५% को छलाङ मारेर ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ कमाउन सफल भएको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
यस्तै बैंकले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट ३५% लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २१% बोनस सेयर र १४% नगद लाभांश रहेको छ । एनएनबिको खुद ब्याज आम्दानी २५.३३% ले बढेको छ भने सञ्चालन नाफा ५५.८३% ले घटेको छ । 
यस अवधिमा आइपुग्दा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः ४२.०३% र ३३.२६% ले बढेको छ । बैंकले १ खर्ब २१ अर्ब ९१ करोड २६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १० अर्ब ३१ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । 
बैंकको खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०७ पैसाले बढेर ३२ रुपैयाँ ५१ पैसा पुगेको छ । 
ओम डेभलपमेन्ट बैंकसँग मर्जरपश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख पुगेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: