Skip to content
LAXMI SUNRISE BANK

टुटल, पठाओका चालकहरुमाथि प्रहरीले चलायो कारवाही, चालकहरु पनि आन्दोलनमा उत्रदैँ !

अर्थ सरोकार

काठमाडौँ । निजी प्रयोजनमा दर्ता भएका टुटल, पठाओलगायतका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । प्रयोजन बिपरित सवारी चलाएको भन्दै चालकहरुलाईलाई चिट काट्न सुरु गरेको हो ।

यसो त यातायात व्यवस्था विभागले निजी प्रयोजनमा दर्ता भएका टुटल, पठाओलगायतले यात्रु बोक्न नपाउने भन्दै एक सूचना जारी समेत गरेको थियो ।

विभागले यसरी कानूनको उल्लंघन गरी भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो । सोहि अनुसार टुटल, पठाओका चालकहरुलाई चिट काट्न सुरु गरेको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२)    मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था भएको छ’,  यातायात व्यवस्था विभागले केहि दिन अघि सार्वजनिक गरेको सूचनामा  उल्लेख थियो ।

यस्तै ‘कानूनको उलङ्घन गरी निजी सवारी साधनलाई सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरासमेत जानकारी गराइन्छ’, उक्त सूचनामा भनिएको थियो ।

चालकहरुले कानूनको उल्लंघन गरी भाडामा यात्रु बोकेको सूचनापछि आज आइतबार बिहान प्रहरीले स्वयम्भुमा एक चालकलाई चिट काटेको हो । प्रहरीले सवारी चलाएको कसुरमा चिट काटेको हो ।  जस अन्तर्गत २ सय देखि १ हजारसम्म जरिवाना हुने ब्यबस्था रहेको छ ।

प्रहरीले चिट काट्न सुरु गरेसंगै टुटल, पठाओलगायतका चालकहरु पनि आन्दोलनमा उत्रिने भएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK