![](https://1.bp.blogspot.com/-wI4X8usk5y0/XeC3IG_SthI/AAAAAAABUmE/xAb9MSjaJVI5Eso70dU5vySXddECbsyVACLcBGAsYHQ/s640/2.jpg)
काठमाडौं – पोखरा फाइनान्सले १४.२०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ४७१औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ७% बोनस सेयर र कर प्रयोजन सहित ७.२०% नगद लभांश गरी कुल १४.२०% लाभांश दिन निर्णय गरेको हो ।
पोखरा फाइनान्सले हाल कायम ८५ करोड ७२ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीबाट ६ करोड ९ हजार रुपैयाँ बराबरको बोनस र ६ करोड १७ लाख २३ हजार रुपैयाँ नगद लाभांश दिन लागेको हो ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
![](https://1.bp.blogspot.com/-C5cbOrXEc4A/XeCyYilnqlI/AAAAAAABUl8/sb-zrvnr2M8giJPuTQVZFxk0S6nr_zyJQCLcBGAsYHQ/s1600/2.jpg)