×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको खुद नाफा ५.०१% ले बढ्दा अन्य महत्वपूर्ण सूचकहरुको अवस्था यस्तो !

PRIME CA

प्रभु बैंकको खुद नाफा ५.०१% ले बढ्दा अन्य महत्वपूर्ण सूचकहरुको अवस्था यस्तो !

२५ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

 पालुङटार
काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ५.०१% धेरै हो । बैंकले गत वर्षको सोहि अवधिमा ५९ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस अवधिमा बैंकले १ खर्ब ६ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा बैंकले निक्षेप संकलन ९८ करोड र कर्जा लगानी ५ अर्ब ८६ करोड ४१ लाख रुपैयाँले बढाएको छ। 
यस्तै बैंकलेको खुद ब्याज आम्दानी र  सञ्चालन नाफा पनि बढाएको छ । बैंकले खुद ब्याज आम्दानी २४.१०% र सञ्चालन नाफा ९.०१% ले बढाएको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । बैंकले हाल कायम ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजीबाट १६% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै, कर तिर्न ०.८४२% नगद लाभांश दिने जनाएको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्नेछ । 
त्यसैगरी यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने घटेर २८ रुपैयाँ २७ पैसामा खुम्चिएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०७ पैसा रहेको थियो । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ ८ रुपैयाँ ११ पैसाले बढेर १६७ रुपैयाँ १२ पैसा रहेको छ । 
बैंकको जगेडा कोष पनि ३ अर्ब ९० करोड ७० लाखबाट ४ अर्ब ३९ करोड २१ लाख रुपैयाँ पुगेको छ । बैंकको उक्त कोष १२.४१% ले सुधार भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: