
काठमाडौँ – प्रभु बैंकको १० लाख कित्ता ऋणपत्र आज (कार्तिक २१ गते)देखि बिक्री खुल्ला भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो । बिक्री खुल्ला भएको ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ भने बाँकी ६ लाख कित्ता बैंकले आफ़्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गर्नेछ।
बैंकले ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ बिक्री खुला गरेको हो । बैंकले जारी गर्ने १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउने छ । रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु बैंकको यस ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने एलबीबीबी रेटिङ दिएको छ ।
बैंकको उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई तोकिएको छ । उक्त ऋणपत्रमा छिटोमा कार्तिक २५ गतेसम्म आवेदन गर्न पाइनेछ भने सो अवधिमा सबै ऋणपत्रका लागि आवेदन नपरेमा ढिलोमा मंसिर २० गतेसम्म आवेदन गर्न सकिन्छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्