Skip to content
LAXMI SUNRISE BANK

१६% बोनसमा मूल्य समायोजनपछि प्रभु बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :

कम्पनी : प्रभु बैंक
मूल्य समायोजन सेयर : १६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २३० रुपैयाँ १७ पैसा
विशेष साधारण सभा : मंसिर ६ गते

विवरण :
प्रभु बैंकको १६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २३० रुपैयाँ १७ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।


सभामा पेस हुने प्रस्तावहरु :
१६% बोनस सेयर र कर तिर्न ०.८४२% नगद लाभांश दिने 
सेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९% अनुपात कायम गर्ने
सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने
प्रबन्धपत्र संशोधन गर्ने
अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने
सभा हुने स्थान र समय :
बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अपराह्न २ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६२ करोड ८४ लाख रुपैयाँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK