×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारले टुंगो लगायो प्रदेश प्रमुखहरुको नाम, कसले पाए कहाँको जिम्मेवारी ?

काठमाडौँ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । 
जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा)लाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

सरकारले आइतबार काँग्रेसका पालामा नियुक्त भएका प्रदेश प्रमुखहरु प्रदेश १ का प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ का अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्लको बर्खास्ती गरेको थियो । 

प्रदेश प्रमुख हटाउने निर्णयप्रति भने नेपाली कांग्रेसले असहमति जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: