Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीद्वारा ‘स्क्रिन टच’ गरेर ‘माथिल्लो त्रिशुली थ्री ए’को उद्घाटन, भने, ‘मुआब्जामा लफडा नहोस्’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरुलाई प्रतिकूल प्रभाव नपार्ने  गरी जग्गाको मुआब्जा लिने काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरु विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै  उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले पनि यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने पनि बताए ।

प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भईरहेको पनि बताए । बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस् :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK