काठमाडौं – चालु आर्थिक वर्षको प्रथम त्रैमासमा प्राइम कमर्सियल बैंकले खुद नाफा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १३.३७% ले धेरै हो । गत वर्ष यसैअवधिमा बैंकले ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरण योग्य नाफा २२ करोड ८८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।
सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ९.२९% र १३.६२%ले बढेको छ । गत वर्ष ९७ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस अवधिमा केहि बढाएर १ अर्व ६ करोड रुपैयाँ आर्जन गरेको छ । यता, सञ्चालन नाफा पनि ८३ करोड १२ लाख रुपैयाँबाट बढेर ९४ करोड ४४ लाख रुपैयाँमा पुगेको छ।
यो असारमसान्तसम्ममा बैंकले निक्षेप ७९ अर्व १३ करोड रुपैयाँ संकलन गरेर कर्जा ७८ अर्व ५९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको चुक्ता पुँजी २०.५८% ले बढेर ९ अर्व ६८ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । तर सञ्चालन नाफा भने १९.३०%ले घटेर ३ अर्व २० करोड ८५ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, बैंकको खराव कर्जा १.१४% र कस्ट अफ फन्ड ७.६९% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०८ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्