काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद राजेन्द्र गौतमको काठमाडौंको बानेश्वरस्थित निवासबाट चोरी भएको छ । सांसद गौतमको घरबाट बिहिबार २ तोला सुनसहित ३ लाख बराबरको धनमाल चोरी भएको हो ।
गौतम संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । बिहिबार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।