
काठमाडौँ । एउटै भवनमा तल आफैं अध्यक्ष भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई महँगोमा भाडामा लगाएर माथि आफ्नो अडिट फर्मलाई सस्तो भाडामा राखेकोबारे अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि अन्तत: रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजु सिवाकोटीले अध्यक्ष पद छोडेका छन् ।
यसो त उनले सोहि बेला पनि आफु अव धेरै समय कम्पनीको अध्यक्ष पदमा नबस्ने बताएका थिए । तर एकाएक विवादमा आएपछि उनले अध्यक्ष पद छोडेका हुन् । कम्पनीको नयाँ अध्यक्षमा उदय श्रेष्ठ नेपाली नियुक्त भएका छन् । शिवाकोटी हाल लेखा व्यवसायमा कार्यरत छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडकस्थित कार्यालय भएकै भवनमा उनको अडिट फर्म छ ।
यसो त उनले सोहि भवनमा रहेको एक अर्को अडिट फर्म (जहाँ फोन नम्बरसमेत उही भएको प्रमाण अर्थ सरोकारले सार्वजनिक गरेको थियो)लाई रिलायबलको अडिट गर्न दिएपछि यस्तो कामले ‘फेमिलियारिटी थ्रेट’ भएको विश्लेषणसमेत गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्