काठमाडौँ । चेक किर्ते गरेको अभियोगमा महोत्तरीमा प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत जवान राजेश सुवेदी राष्ट्रिय वाणिज्य बैंकको चेक किर्ते गरेको अभियोगमा पक्राउ परेका हुन् । बैंकको जलेश्वर शाखामा क्रमश: ३ हजार र ४ हजारका चेकलाई ३० हजार र ४० हजार बनाएर साटेको अभियोगमा पक्राउ परेका हुन् । उनले आफ्नै नाममा काटिएका चेकलाई रकम थपी किर्ते गरेका हुन् । 
बैंकको जलेश्वर शाखाका प्रवन्धक शिवशंकर यादवले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार उनले ७००० निकाल्नुपर्ने ठाउँमा ७० हजार रुपैयाँ निकालेका थिए । प्रहरीमा उजुरीपछि यस्तो रहस्य खुलेको हो । घटनामा दोषी देखिएपछि उनलाई निलम्बन प्रक्रिया अगाडी बढाईएको महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्