×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सार्वजनिक गर्यो कर्जाको नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिष्य वाणिज्य बैंक लिमिटेडले कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबारदेखि लागु हुनेगरी कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 
बैंकले सार्वजनिक गरेको कर्जाको नयाँ ब्याजदर अनुसार घर कर्जामा बैंकले ९ प्रतिशतदेखि ११.५ प्रतिशत ब्याज लिनेछ । गाडी कर्जामा बैंकले ९.६० प्रतिशतदेखि १०.६० प्रतिशत कर्जा लिनेछ । यस्तै बैंकले सेयर धितो राखेर १० प्रतिशतदेखि १२ प्रतिशतसम्म कर्जा दिनेछ ।
बैंकबाट चालु पुँजी कर्जा अन्तर्गत ओभर ड्राफ्ट, हाइपोथिकेसन, धितो कर्जा, आवधिक कर्जा अन्तर्गत औद्योगिक व्यापारिक, हाउजिङ रियरलस्टेट कर्जा लिन ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्नेछ । यस्तै सुन धितोमा कर्जा लिन १२ प्रतिशत ब्याज तिर्नुपर्नेछ भने सरकारी धितो सुरक्षण राखेर भने ९.६० प्रतिशत ब्याज तिर्नुपर्नेछ ।


बैंकले व्यक्तिगत कर्जा (पीजी लोन) मा ११ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज लिनेछ ।


अन्य किसिमका कर्जाको नयाँ ब्याजदर हेर्न बैंकले सार्वजनिक गरेको यो सुची हेर्नुहोस :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: