Skip to content
LAXMI SUNRISE BANK

रसुवागढी हाइड्रोपावरले मंसिर १९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनीले मंसिर १९ गते साधारणसभा बोलाएको छ । सभाका लागि कम्पनीले बिहीबार (मंसिर ५ गते) बुक क्लोज गर्ने भएको छ । उक्त सभामा बुधबार (मंसिर ४ गते)सम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । सभा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK