Skip to content
LAXMI SUNRISE BANK

को बन्छ अब पुनर्बीमा कम्पनीको सीईओ ? यी हुन् आकांक्षीहरु ! (नामावलीसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि आधा दर्जनले आकांक्षा देखाएका छन् । कम्पनीको उक्त पद रिक्त रहेसंगै सोहि पदका लागि आधा दर्जनले आकांक्षा देखाएका हुन् । 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल पूरा भएसँगै सञ्चालक समिति नयाँ कार्यकारी प्रमुखको खोजीमा रहेको छ । कम्पनीले भण्डारीलाई २०७२ साउनमा नियुक्त गरेको थियो । भण्डारी ४ वर्षे कार्यकाल सकाएर कम्पनीबाट गत साउनमा बाहिरिएका छन् ।
कम्पनीको नयाँ सीईओ बन्न इच्छा देखाउनेहरुमा अशोक पौडेल, शेषनारायण आचार्य, ज्ञानेश्वर आचार्य, शंकर रायामाझी, शेखर बराल  लगायत रहेका छन् । 
अशोक पौडेल अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा सचिवालयमा रहेर काम गरेका थिए । राष्ट्र बैंकको निर्देशकबाट सेवा निवृत उनी हाल अर्थ मन्त्रालयमै कार्यरत छन् । युनाइटेड इन्स्यारेन्सका पूर्व सीईओ रहेका शेखर बरालसहित कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य, नविल बैंकका पूर्व कर्मचारी ज्ञानेश्वर आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायामाझीले पनि पुनर्बीमा कम्पनीको सीईओ बन्ने आकांक्षा देखाएका छन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK