
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि आधा दर्जनले आकांक्षा देखाएका छन् । कम्पनीको उक्त पद रिक्त रहेसंगै सोहि पदका लागि आधा दर्जनले आकांक्षा देखाएका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल पूरा भएसँगै सञ्चालक समिति नयाँ कार्यकारी प्रमुखको खोजीमा रहेको छ । कम्पनीले भण्डारीलाई २०७२ साउनमा नियुक्त गरेको थियो । भण्डारी ४ वर्षे कार्यकाल सकाएर कम्पनीबाट गत साउनमा बाहिरिएका छन् ।
कम्पनीको नयाँ सीईओ बन्न इच्छा देखाउनेहरुमा अशोक पौडेल, शेषनारायण आचार्य, ज्ञानेश्वर आचार्य, शंकर रायामाझी, शेखर बराल लगायत रहेका छन् ।
अशोक पौडेल अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा सचिवालयमा रहेर काम गरेका थिए । राष्ट्र बैंकको निर्देशकबाट सेवा निवृत उनी हाल अर्थ मन्त्रालयमै कार्यरत छन् । युनाइटेड इन्स्यारेन्सका पूर्व सीईओ रहेका शेखर बरालसहित कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य, नविल बैंकका पूर्व कर्मचारी ज्ञानेश्वर आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायामाझीले पनि पुनर्बीमा कम्पनीको सीईओ बन्ने आकांक्षा देखाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्