काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ । सचिवालय बैठक अपरान्ह ४ बजे बोलाइएको नेकपा महासचिव बिष्णु पौडलले जानकारी दिए ।
नियमित एजेण्डामाथिनै छलफल हुने भन्दै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सबै नेताहरुसँग परामर्शमा रहेको बताए । यत्सै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने पनि बताइएको छ। साथै डा.गोविन्द केसीका मागलगायतबारेमा छलफल हुने अर्का एक नेताले बताए ।
नेकपा सचिवालयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायत ९ जना सदस्य रहेका छन् ।
प्रधानमन्त्री ओली शनिबार हेमोडायलासिस गरि अस्पतालबाट फर्किएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्