काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झासहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । आयोगले कार्यालय प्रमुख नविनचन्द्र झासहित तीन जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
मुद्धा दायर गरिएकामा कार्यालय प्रमुख नविनचन्द्र झा, भण्डारण शाखाका इन्चार्ज दिलचन्द्र राई, असिस्टेण्ट खगेन्द्र बस्नेत र कर्पोरेसनका उच्च तहका हाकिम रहेका छन् ।
आयोगले उनीहरुलाई कार्यालयको गोदामहरुमा भएको रासायनिक मलमा अनियमितता गरेको भन्दै मुद्धा हालेको हो । केन्द्रीय कार्यालयले भण्डारण शाखाका इन्चार्ज दिलचन्द्र राईलाई समेत निलम्बन गरेको छ। उनीहरुलाई कार्यालयको गोदाममा राखेको १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मलमा मिलेमतो भई हिनामिना भएको अरोपमा लागेको छ ।
आयोगले हानि नोक्सानी भएको विगो १९ लाख सात हजार ३५० रुपैयाँ असुल उपर गर्न माग गरी मुद्धा दायर गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्