×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको खुद नाफा १४.४०%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानिमा बैंकको खुद नाफा १४.४०%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

१७ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ५९ करोड ३६ लाख कमाएको छ । यो नाफा गत बर्सको तुलनामा १४.४०% ले धेरै हो । गत वर्ष यसै अवधिमा बैंकले ५१ करोड ८८ लाख ७० रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा २७ करोड ५४ लाख ४० हजार रुपैयाँ रहेको छ । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १७.०३% र १२.६०%ले बढेको छ । गत वर्ष ९७ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले यस वर्ष १ अर्व १४ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा ७४ करोड ८ लाख रुपैयाँबाट बढेर ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । 
यो पहिलो त्रैमासमा बैंकले निक्षेप ९५ अर्व ९२ करोड १७ लाख रुपैयाँ संकलन गरेर कर्जा ८३ अर्व ५२ करोड १३ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकले जगेडा कोष १३.९६%ले बढोत्तरी गरेर २ अर्व ५४ करोड ९० लाख रुपैयाँ जम्मा गरेको छ । 
यता, बैंकको खराव कर्जा ०.१६%ले बढेर ०.२४% पुगेको छ भने बेस रेट ९.८०%ले बढेर ९.२१% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले बढेर २६ रुपैयाँ ४७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ८५ पैसा रहेको विवरण सार्बजनिक भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: