×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशमा प्रदेश प्रमुख तोक्ने सरकारको तयारी, कुन प्रदेशमा कसको सम्भावना कति ?

काठमाडौं । सरकारले सोमबार (आज) सात प्रदेशमा प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । आइतबार राष्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेसका पालामा नियूक्त भएका सात प्रदेशमा प्रदेश प्रमुखहरुलाई बर्खास्ती गरेसंगै सोमबार सरकारले नयाँ प्रदेश प्रमुख तोक्ने तयारी गरेको हो । दिनभर प्रधानमन्त्री ओली ब्यस्त भएका कारण आइतवार साँझ डाकिएको मन्त्रिपरिषदको बैठक बस्न सकेन । सोमबार बस्ने मन्त्रीपरिषदको बैठकले नयाँ सात प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ ।

आइतबार प्रदेश प्रमुखहरुलाई बर्खास्ती गर्नुभन्दा अगाडी नेकपा सचिवालय बैठकमा छलफल चलेको थियो । सचिवालय बैठकले कांग्रेस सरकारले सहमति बेगर नियुक्त गरेका प्रदेश प्रमुख हटाउन सरकारलाई आग्रह गरेको स्रोतले बताएको छ ।

सरकारले सोमबार नियुक्त गर्ने भनिएका व्यक्तिहरुमा पुराना नेताहरुको नाम चर्चामा रहेको छ । अमृत बोहरा, सोमनाथ प्यासी, देवराज घिमिरे, खगेन्द्र चुडाल, मायाप्रसाद शर्मा, दिनानाथ शर्मा, अमिक शेरचन, युवराज ज्ञवाली, माया ज्ञवालीको नाम चर्चामा रहेको छ । 
आइतबार प्रदेश १ का प्राडा गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ का अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्लको बर्खास्ती भएको थियो । उनीहरुलाई देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।
प्रदेश प्रमुख हटाउने निर्णयप्रति भने नेपाली कांग्रेसले असहमति जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: