![](https://1.bp.blogspot.com/-jZ-8nwgKXwM/Xcehh9-LzhI/AAAAAAAAGD0/WH8GRA9gjmIicmE3lGUFJ4PWvdnJ-I0UgCLcBGAsYHQ/s640/2.gif)
काठमाडौँ । अर्थ मन्त्रालयले कर र भन्सार कार्यालयका ६० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालय र केन्द्रीय विभागको जिम्मेवारी सम्हालिरहेका उपसचिवहरुलाई कर र भन्सार कार्यालयको नेतृत्व दिइएको हो । यससँगै अनुभवी र दक्ष उपसचिवहरुले भन्सार र कर कार्यालय समाल्ने भएका छन् ।
अर्थमन्त्रालय स्रोतका अनुसार कर र भन्सार कार्यालयमा २ वर्ष बिताएका उपसचिवहरुलाई विभाग तथा मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयमा र विभागमा लामो समय काम गरेका उपसचिवलाई भन्सार र कर कार्यालयको जिम्मेवारी दिइएको हो ।
अर्थ मन्त्रालयका अनुसार काठमाडौंभित्रको कलंकी, कालिमाटी, बत्तिसपुतली, महाराजगन्ज र चावहिलका कर कार्यालय प्रमुखको सरुवा भएको छ । ललितपुर कर कार्यालयका प्रमुखको विभागमा सरुवा भएको छ भने आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख पनि विभागमा आइपुगेका छन्।
यस्तै आन्तरिक राजस्वतर्फ भद्रपुर, धरान, धनगढी, कन्चनपुर लगायतका कार्यालय प्रमुखको सरुवा भएको छ।भन्सारतर्फ विराटनगर र मेची भन्सार कार्यालयका प्रमुखको सरुव भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका २ उपसचिवको पनि सरुवा भएको छ।
![](https://4.bp.blogspot.com/-W_V_A9TZ1qc/XcegQVThIpI/AAAAAAAAGDU/9jzi80vpJ4c0ktnStT052A07yW5iwiJTACK4BGAYYCw/s1600/saruwa.jpg)
![](https://2.bp.blogspot.com/-6X4BgLTKUnM/XcegQ41pKiI/AAAAAAAAGDc/rwaAvtRYpTkYEqXOqKMmo-0TDzqD5GgvgCK4BGAYYCw/s640/2%252819%2529.jpg)
![](https://2.bp.blogspot.com/-5fo6B1cdYTg/XcegS2d1YFI/AAAAAAAAGDk/Q_yTScGz2n4aCvf8Lk7WwvodpP3b2vtMQCK4BGAYYCw/s1600/3%252818%2529.jpg)