काठमाडौं – चालु आर्थिक वर्षको प्रथम त्रैमासमा शिखर इन्स्योरेन्सले १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा १४.८५% धेरै हो । गत वर्ष शिखरले १० करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले खुद बिमा शुल्क आर्जन पनि ०.०५% ले बढाएर ४५ करोड ८३ लाख पुर्याएको छ । गत वर्ष ४५ करोड ८० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । बैंकले खुद दाबी भुक्तानी २० करोड ७ लाख ९८ हजार रुपैयाँ गरेको छ भने ८९ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रकम रहेको छ ।
यो असारमसान्तसम्ममा कम्पनीको बिमा कोषको आकार २३.६६% ले बढेर १ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । हाल कम्पनी चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको शिखरको जगेडा कोषमा ५१ करोड ७७ लाख ९४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९ पैसा (वार्षिक) रहेको शिखरको प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ६ पैसा छ ।