काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १५५.७२% ले वृद्धि भएको छ । गत वर्ष ५५ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको संस्थाले यस वर्ष १ करोड ४१ लाख ८० हजार रुपैयाँ पुर्याएको छ ।
संस्थाको खुद ब्याज आम्दानी ६८.७५% र सञ्चालन नाफा १८८.६६% ले बढोत्तरी भएको छ । संस्थाले खुद ब्याज आम्दानी ३ करोड ६९ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । साथै, सञ्चालन नाफा ७० लाख ३० हजार रुपैयाँबाट बढेर २ करोड २ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ ।
यो पहिलो त्रैमाससम्ममा संस्थाले निक्षेप ६८ करोड ६५ लाख ७३ हजार रुपैयाँ संकलन गरेर कर्जा १ अर्व ७३ करोड ८० लाख ३९ हजार रुपैयाँ प्रवाह गरेको छ । संस्थाको जगेडा कोषमा १२ करोड ७९ लाख ५६ हजार रुपैयाँ जम्मा गरेको छ ।
यता, संस्थाको खराव कर्जा ०.९३% रहेको छ। संस्थाको प्रति सेयर आम्दानी ५२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ५६ पैसा रहेको विवरण सार्बजनिक भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्