×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इट्टा उद्योगहरु हटाउन भन्दै चन्द्रागिरी नगरपालिकाका स्थानीयहरु आन्दोलनमा, स्वास्थ्यमा गम्भिर असर परेको भनाई ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इट्टा उद्योगहरु हटाउन भन्दै चन्द्रागिरी नगरपालिकाका स्थानीयहरु आन्दोलनमा, स्वास्थ्यमा गम्भिर असर परेको भनाई ! (भिडियो रिपोर्ट)

२ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चन्द्रागिरी नगरपालिकाका स्थानीयहरु त्यस क्षेत्रमा सञ्चालित इट्टा उद्योगहरु हटाउन भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले इट्टा भट्टाका कारण आफुहरुको स्वास्थ्यमा गम्भिर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै इट्टा भट्टा हटाउनुपर्ने माग गदैं मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले २०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले फेरी आन्दोलन गर्नुपरेको बताएका हुन् ।
इट्टा भट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलिय बैठकद्धारा चन्द्रागिरी नगरपालिका भित्रका सम्पूर्ण इट्टा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरेपनि अहिले सम्म नहटेकोले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले इट्टा उद्योगको विरोध नभई त्यसबाट स्थानीयहरुको स्वास्थ्यमा पारेको असरको विरोध भएको समेत बताउनुभयो ।
संयोजक घिमिरेले नगरपालिकाले इट्टा उद्योग बन्द गर्न चासो नदेखाएको आरोप समेत लगाउनुभयो । उहाँले इट्टा उद्योगका कारण त्यस क्षेत्रको वातावरण समेत विग्रिएको बताउनुभयो । चन्दागिरी नगरपालिका भित्र १४ वटा इट्टा उद्योगहरु सञ्चालनमा रहेका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: