×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बहिनीको विवाहमा गएका ग्लोबल आईएमई बैंकका प्रबन्धकको कार दुर्घटनामा मृत्यु, अन्य ५ जना घाइते !

कपिलवस्तु । बहिनीको विवाहका लागि दुइ दिन बिदामा बसेका ग्लोबल आइएमइ बैंकका शाखा प्रबन्धकको कार दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार विहान पूर्व-पश्चिम राजमार्गको वोर्डगाउँ नजिकै भएको दुर्घटनामा बैंकका बनगाई शाखा प्रबन्धकको ज्यान गएको हो । बा ६ च ६३९० नम्बरको कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्‍किएको हुनसक्ने जनाएको छ । कारमा सवार अन्य ५ जना घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बनगाई शाखाका एक कर्मचारीले दिएको जानकारी अनुसार उनी केहि दिन अघिमात्र उक्त शाखामा शाखा प्रबन्धकका रुपमा आएका थिए  । त्यसअघि उनी सन्धिखर्क शाखामा कार्यरत थिए । घाइते भएकाहरु पनि उनकै आफन्त रहेको बताइएको छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: