×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न, आइपिओ जारी गर्ने प्रस्ताव पारित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न, आइपिओ जारी गर्ने प्रस्ताव पारित

१४ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हालसम्म ४८ हजार ७१ बीमालेख जारी गरी ३५ करोड ९२ लाख वीमा शुल्क आर्जन गर्नुका साथै हालसम्म ८ सय ६६ वटा दाबी वापत १० करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न अजोड ईन्स्योरेन्स सफल भएको जनाएकाे छ ।
हालसम्म कम्पनीको संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूजी ७० करोड छ भने लगानी तर्फ ९५ करोड ९७ लाख पुगेको छ । साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयले वासलात, नाफानोक्सान हिसाव, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल पारित गरेको हो ।
संचालनक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित भएसँगै प्रवन्धपत्र तथा नियमावलीको दफा तथा नियम संशोधन गर्ने व्यवस्था लागु हुने भएको छ ।
पछिल्लो समय डिजिटल ईन्स्योरेन्सका लागि च्याटबोर्डको परीक्षणको रुपमा आरम्भ गरिएको छ । बीमाका शुल्क भुक्तानी गर्नका लागि कम्पनीले आइएमई पे, खाल्ती, सेल पे जस्तो सेवाहरुको कार्य आरम्भ गर्न सम्झौता भएको छ । कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरी २ लाख रुपैयाँसम्म दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: