×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली कम्पनीहरुको लेखापरीक्षण नगर्न लेखापरीक्षकहरुलाई अर्थमन्त्रीको निर्देशन, हेर्नुहोस् भिडियोमा के भने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नक्कली कम्पनीहरुको लेखापरीक्षण नगर्न लेखापरीक्षकहरुलाई अर्थमन्त्रीको निर्देशन, हेर्नुहोस् भिडियोमा के भने ?

७ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुल्यमान्यता भन्दा बाहिर गएर नक्कली कम्पनीहरुको लेखा परीक्षण नगर्न लेखा परीक्षकहरुलाई आग्रह गर्नुभएको छ । इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । लेखा परीक्षकको धर्म लेखापरीक्षण मात्रै नभएको र कुन कम्पनी के कस्तो उद्देश्यले स्थापना भएको छ त्यो पनि बुझ्नु जरुरी रहेको उहाँले बताउनुभयो । कानुन व्यवसायीले मुद्धा जस्तो सुकै भएपनि व्यवसायीक मर्यादा बहस गर्नु हो भनेजस्तै लेखाको मान्छेले कम्पनी जस्तो सुकै भएपनि लेखा परीक्षण गर्ने धर्म हो भन्न नमिल्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको चेतावनी दिँदै अर्थमन्त्री खतिवडाले त्यस्ता कम्पनीहरुलाई सुधार गर्न चुनौती थपिँदै गएको बताउनुभएको छ । फाइनान्सियल फ्रडकै लागि कतिपय कम्पनीहरु नक्कली नागरिकता र नक्कली सेयरधनी खडा गरी कम्पनी रजिष्ट्रारमा दर्ता हुने गरेको पाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘फ्रड फर्म दर्ता हुने, त्यसको ब्यालेन्ससिट बन्ने, त्यसैको अडिट हुने तर गल्ती कसको हुने भन्नेमा अन्योलता देखिएको छ । एकाउन्ट हेर्दा सबै ठिकै छ । अडिटर जानुहुन्छ, मैले जाने बुझे अनुसार सबै विवरण ठिक छ भन्नुहुन्छ, सही गर्नुहुन्छ, त्यसको फ्रड जरैबाट हुने गरेको छ ।’

संविधान कार्यान्वयनको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको आधिकार क्षेत्रको विषयमा जवाफदेहिताका विषयहरुमा अन्यौल कायमै रहेको उहाँले बताउनुभयो । विद्यमान अन्यौलहरुको अन्त्य गर्न कतिपय कानुन बनिसकेको उहाँले बताउनुभएको छ । अझै केही बन्ने क्रममा रहेको संसदमा रहेको उल्लेख गर्दै उहाँले कानुन निर्माण भएपछि संघीयतासँग जोडिएका अन्यौँल र त्यसको सिर्जना गर्न सक्ने व्यवसायिक अन्यौलहरु, व्यवसायिक क्षेत्रका मान्छे सबैलाई व्यवस्थित हुने गरी काम भइरहेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: