
काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले नदिजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठुला परियोजना निर्माण सम्भव नभएको बताउँदै पहाड फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्ने बताउनुभएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा अर्थमन्त्री खतिवडाले रणनीतिक राजमार्ग, विमानस्थल तथा रेल्वे निर्माणका लागि नदिजन्य निर्माण सामग्रीले नपुग्ने भन्दै वातावरणमा असर नपर्नेगरी ठूला पाहाडहरु फोर्नुको विकल्प नरहेको बताउनुभएको हो ।
उहाँले प्रदेश र स्थानीय तहबीचको बहसका कारण पहाडबाट निर्माण सामग्रीहरु उत्खनन गर्न कठिनाई भएको उल्लेख गर्दै यस्तो अवस्था रहिरहे ठुला परियोजनाहरुको निर्माण कार्य प्रभावित हुने बताउनुभयो ।
उहाँले आयातमा आधारीत आर्थिक वृद्धि र राजश्व प्रणालीबाट आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धि र आन्तरिक निर्माण सामग्री, आन्तरिक सामग्रीमा आधारीत विकास र त्यसैमा आधारित राजश्व प्रणालीको विकास सरकारले गरिरहेकाले अव दिगो आर्थिक विकासको अधार तयार हुन लागेको समेत बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्