
काठमाडौँ – जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु. तीन हजार गरी एकैपटक रु छ हजार जम्मा गरिदिने गरेको छ ।
सम्पूर्ण गाउँपालिकावासीलाई बैंकको पहुँचमा पु¥याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । स्वास्थ्य संस्थामा जन्मिएका बच्चाको नाममा बैंक खाता खोलिदिने कार्यक्रम गत वर्षबाट गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेश गरेमा गाउँपालिकाले रु तीन हजार बच्चाको नाममा जम्मा गरिदिने गरेको छ ।
बच्चाको नाममा रकम जम्मा गर्ने गाउँपालिकाको कार्यक्रमले सबै महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेका छन् । भविष्यमा बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बोहोराले बताउनुभयो । बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भनेर बालबालिकाको नाममा बैंक खाता खोलिदिने नीति तथा कार्यक्रमको शुरुआत गरिएको बोहोराले बताउनुभयो । स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्मदर्ता गराएकै दिन बैंक खाता खोलेर रकम जम्मा गरिदिने गरेको अध्यक्ष बोहोराले बताउनुभयो ।
स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा र बच्चाको जीवन सुरक्षा हुने भन्दै अध्यक्ष बोहोराले स्वास्थ्य संस्थामा जे जन्मिए पनि बच्चाको नाममा बैंक खाता खोलिदिने गरेको बताउनुभयो । गत वर्षसम्म रु दुई हजार ५०० जम्मा गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि रु ५०० थपेर रु तीन हजार पु¥याएको र उच्च शिक्षा हासिल गर्न एकैपटक धेरै रकम आवश्यक पर्ने हुँदा जन्मेदेखि बचत गरेमा सहज हुने हेतुले यो कार्यक्रम गाउँपालिकाले लागू गरेको अध्यक्ष बोहोराले बताउनुभयो ।
“अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ”, अध्यक्ष बोहोराले भन्नुभयो, “कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिऊँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विश्वास हो ।” घरमै सुडेनीका भरमा हुने गरेका असुरक्षित प्रसूति कार्यलाई शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने अध्यक्ष बोहोराले बताउनुभयो । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्