
काठमाडौँ – विभिन्न व्यक्तिमा नाममा बैंकमा खाता खोली रकम निकाल्ने गिरोहले १३ सय बढी बैंक खाता खोलेको पाईएको छ । सर्वसाधारणको हस्ताक्षर किर्ते गरी बैंकबाट रकम चोर्ने उनीहरुले झन्डै डेढ दर्जनबढी बैंकहरुका विभिन्न शाखाबाट खाता खोलिएको पाइएको हो ।
प्रहरीले अवैध रुपमा बैंक खाता खोलेका उनीहरुलाई मंसिर ९ पक्राउ गर्न सफल भएको थियो । पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घरभई काठमाडौं कालिमाटिमा बस्ने वर्ष १९ को सुभाष श्रेष्ठ, वर्ष १९ कै कुमार तामाङ्, वर्ष १८ को मनिष घिमिरे, बर्ष २१ को अन्जन बराल, बागलुङ गलकोट नगरपालिका घर भई काठमाडौं बुद्धनगर बस्ने वर्ष २५ को सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौंको सुविधानगर बस्ने वर्ष ३० को गोविन्द घिमिरे रहेका थिए ।
यो समूहले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, भक्तपुर, बागलुङ, पर्वतलगायत जिल्लाका सर्वसाधारणका नाममा शंकास्पद बैंक खाता खोलेको पाइएको हो ।
तत्कालिन जनता बैंक नेपाल हालको ग्लोबल आईएमई बैंकका खातावाल गोपालमान राजबहाकको खाताबाट मंसिर ८ गते १९ लाख ९९ हजार रुपैयाँ गायब भएको थियो । सोहि घटनालाई थप अनुसन्धान गर्दै जाँदा विभिन्न १९ वटा बैंक तथा वित्तीय संस्थामा शंकास्पद खाता खोलिएको पत्ता लागेको हो । जसमा ३ सय ३० वटा खाताको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुका साथबाट १९ वटा बैंकका दुई हजार व्यक्तिका नागरिकताका फोटोकपीसहित तत्कालिन जनता बैंकका नकाटिएको १६ र काटिएका ५७ चेकबुक, ज्योति विकास बैंकको एक थान, एभरेस्ट बैंकका २३ थान, माछापुच्छ्रे बैंकका १९ थान, मुक्तिनाथका ४२ थान, एनआईसी एसियाका ६८ थान चेकबुक बरामद गरेको थियो । एनआईसीका ८२ र अन्य बैंकका सात थान एटीएम कार्ड पनि बरामद गरेको थियो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनीहरूले विभिन्न व्यक्तिका नाममा एक हजार तीन सयभन्दा बढी बैंक खाता खोलेको भेटिएको बताएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्