×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा बहस-२ : ‘कहाँ बीमा गर्ने भन्ने छ द्विविधा ? युनियन लाइफ इन्स्योरेन्सले दिन्छ यस्तो सुविधा ! (भिडियो अन्तर्वार्ता)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बीमा बहस-२ : ‘कहाँ बीमा गर्ने भन्ने छ द्विविधा ? युनियन लाइफ इन्स्योरेन्सले दिन्छ यस्तो सुविधा ! (भिडियो अन्तर्वार्ता)

२४ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आजका अथिति मनोज कुमार लाल कर्ण 

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण । लामो समय बीमा कम्पनीहरुको कार्यानुभव भएका कर्णले छोटो समयमा नै युनियन लाइफ इन्स्योरेन्सलाई एउटा उचाईंमा पुर्याउन सफल भएका छन् । जीवन बीमा र निर्जीवन बीमा दुवैमा लामो अनुभव रहेका कर्ण बीमा बजारलाई ‘भित्रैदेखि बुझेका’ सिइओका रुपमा चिनिन्छन् । स्थापनाको छोटो समयमा नै बजारमा अकुपेन्सीका हिसावले निकै राम्रो व्यापार गर्न सफल भएको कम्पनी हाँकीरहेका उनलाई ‘फाष्ट ग्रोअर सिइओ’का रुपमा पनि बजारमा चिन्नेहरू धेरै छन् । बजारमा आएका नयाँ कम्पनीहरुमध्ये धेरैलाई पछि पार्न सफल भएको युनियन लाइफ इन्स्योरेन्सका सिइओ उनै कर्णसँग हामीले समग्र नेपाली बीमा बजारका बारेमा ‘बीमा बहस’ गरेका छौँ । 
बीमा बहसका बारेमा 
नेपालमा आर्थिक मिडियाको संख्या दिनानुदिन बढिरहेका छन् । ‘बीमा’लाई नै मुख्य बिट बनाएर संचालनमा आएका सञ्चारमाध्यम पनि छन् । तर टेलिभिजन बहस वा नेटवर्कमा आधारित रेडियो बहसमा बीमा सम्बन्धि खास कार्यक्रम छैनन् नेपालमा । त्यहि अभावलाई केहि हदसम्म भएपनि न्याय गर्न सकिन्छ भन्ने प्रयासका साथ हामी आएका छौँ । अर्थ सरोकार डटकमले उत्पादन गर्ने यो कार्यक्रममा प्रस्तुत भएको अन्तर्वार्ता देशभरका ११० बढी रेडियोहरुबाट बज्ने आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’मार्फत पनि प्रशारण हुन्छ भने देशभरका विभिन्न स्थानीय टेलिभिजनबाटसमेत यो कार्यक्रम प्रशारण हुन्छ । कार्यक्रमको प्रशारण पहुँचलाई अझ बिकास गर्न हामी निरन्तर प्रयत्नरत छौँ । तर पहिलो अंकमै हामीले गर्व गर्ने चीजचाहिं के हो भने, ‘हामी देशभरका रेडियोहरु, विभिन्न टेलिभिजन हरु र अनलाइन गरेर सबैभन्दा बढी प्रशारण पहुँच राख्ने बीमा सम्बन्धि कार्यक्रम भइसकेका छौँ ।’ यो कार्यक्रममा कार्यक्रम प्रस्तोताका रुपमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल रहनेछन् भने रेखा चन्द बहसकर्ताका रुपमा रहनेछिन् । 
कार्यक्रमबारे प्रतिक्रियाको अपेक्षा 
भर्खर जन्मेको सन्तानसँग बस् सपना बाड्न सकिन्छ, कुनै अपेक्षा गर्न सकिंदैन । ‘बीमा बहस’ भर्खर जन्मिएको त्यस्तै सन्तान हो । तपाईं दर्शक, पाठक, र स्रोताको मायाले हामीले यो सन्तानलाई थप दरिलो र गर्व गर्न लायक बनाउनेछौं । तपाईंहरुको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छौँ । वा यो बहसमा के विषयमा कोसँग बहस होस् भन्ने चाहानुहुन्छ भने पनि हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: