
आजका अथिति रमेश कविप्रसाद पाठक
लामो समय बैंकिङमा आफ्नो राम्रो पर्फर्मेन्स देखाएका कविप्रसाद पाठक हाल राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकका रुपमा छन् । निकै पूरानो कम्तपनी भएर पनि खास प्रगति गर्न नसकेको कम्पनीका रुपमा चिनिएको राष्ट्रिय बीमा संस्थानले उनको नेतृत्व पाएसँगै थुप्रै राम्रा कामहरु गरिरहेको छ । बीमा क्षेत्रमा प्रवेश गरेको लामो समय नभए पनि उनले यो बीचमा गरेका कामहरु सराहनीय छन् । थोरै बोल्ने तर काम गर्ने प्रशासकका रुपमा चिनिएका पाठक हाल राष्ट्रिय बीमा संस्थानलाई एउटा उचाईंमा पुर्याउने कसरतमा छन् ।
बीमा बहसका बारेमा
नेपालमा आर्थिक मिडियाको संख्या दिनानुदिन बढिरहेका छन् । ‘बीमा’लाई नै मुख्य बिट बनाएर संचालनमा आएका सञ्चारमाध्यम पनि छन् । तर टेलिभिजन बहस वा नेटवर्कमा आधारित रेडियो बहसमा बीमा सम्बन्धि खास कार्यक्रम छैनन् नेपालमा । त्यहि अभावलाई केहि हदसम्म भएपनि न्याय गर्न सकिन्छ भन्ने प्रयासका साथ हामी आएका छौँ । अर्थ सरोकार डटकमले उत्पादन गर्ने यो कार्यक्रममा प्रस्तुत भएको अन्तर्वार्ता देशभरका ११५ बढी रेडियोहरुबाट बज्ने आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’मार्फत पनि प्रशारण हुन्छ भने देशभरका विभिन्न स्थानीय टेलिभिजनबाटसमेत यो कार्यक्रम प्रशारण हुन्छ । कार्यक्रमको प्रशारण पहुँचलाई अझ बिकास गर्न हामी निरन्तर प्रयत्नरत छौँ । यो कार्यक्रममा कार्यक्रम प्रस्तोताका रुपमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल रहनेछन् भने रेखा चन्द बहसकर्ताका रुपमा रहनेछिन् ।
भर्खर जन्मेको सन्तानसँग बस् सपना बाड्न सकिन्छ, कुनै अपेक्षा गर्न सकिंदैन । ‘बीमा बहस’ भर्खर जन्मिएको त्यस्तै सन्तान हो । तपाईं दर्शक, पाठक, र स्रोताको मायाले हामीले यो सन्तानलाई थप दरिलो र गर्व गर्न लायक बनाउनेछौं । तपाईंहरुको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छौँ । वा यो बहसमा के विषयमा कोसँग बहस होस् भन्ने चाहानुहुन्छ भने पनि हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रस्तुत छ : राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकसँगको बीमा बहस :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्