
काठमाडौँ – बीमा समितिले वैदेशिक रोजगार म्यादी बीमा अनलाईन प्रणालीमार्फत गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समितिलाई निर्देशन दिएसंगै समितिले पनि चार बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
समितिले जारी गरेको सूचनामा ‘वैदेशिक रोजगार म्यादी बीमालेख जारी गर्दा तथा नवीकरण गर्दा अनलाइनमार्फत गर्ने व्यवस्था गर्न साथै उक्त प्रयोजनका लागि वैदेशिक रोजगार विभागसँग अविलम्ब समन्वय गर्न’ उल्लेख छ ।
समितिले म्यादी बीमा पुलको व्यवस्थापन गर्दै आएका सुर्या लाइफ, नेशनल लाइफ, युनियन लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई यस्तो निर्देशन दिएको हो।
श्रम मन्त्रालयले बीमा समितिलाई वैदेशिक रोजगार म्यादी बीमा सहज बनाउन बुधबार पत्र पठाएको थियो । सोहि अनुसार समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
