×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरकै अगाडि बैंकर संघका नयाँ अध्यक्षको गुनासो, ‘अजय दाइजस्तो सोझो मान्छे पक्राउ परेपछि हामी डराएका छौं’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गभर्नरकै अगाडि बैंकर संघका नयाँ अध्यक्षको गुनासो, ‘अजय दाइजस्तो सोझो मान्छे पक्राउ परेपछि हामी डराएका छौं’

२० मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालले पछिल्ला केहि घटनापछि आफुहरु डराएको प्रतिक्रिया दिएका छन् । संघको ३३औ साधारणसभालाई सम्बोधन गर्दै दाहालले अहिलेको कानुनमै समस्या भएको, र इमान्दार बैंकरलाई समेत काम गर्ने वातावरण नभएको गुनासो गरेका हुन्। विशेषगरी बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पक्राउ परेपछि धेरै कर्मचारीहरु कर्जा प्रवाह गर्न डराएको र कर्जा शाखाबाट सरुवा खोज्न थालेको उनको भनाइ छ  ।  
‘अजय दाइ पक्केराउ पर्हिनुभएपछि हामी डराएका छौं ।  केहि बैंकर्स बदमास पनि होलान् । तर अहिलेको कानुनलाई हेर्ने हो भने इमान्दार बैंकरलाई समेत काम गर्ने वातावरण छैन ।  हतारमा सहि गरेको फाइल पनि फुर्सदमा पल्टाएर हेर्ने गर्छु ।’ उनले भने । कर्मचारीको गल्तीकै कारणले राम्रो क्षवी भएका सिइओ जेल जानू परेको हुदा त्यो अवस्था आगामी दिनमा आउन नदिन त्यसका लागि काम गर्ने त्यसमा राष्ट्र बैंकको सहयोग आवश्यक रहेको उनले बताए ।
बैंकर्स संघका अध्यक्षले यस्तो भन्दा केहि बैंकर गम्भीर बनेका थिए भने केहि मुसुमुसु हाँसीरहेका थिए ।  ज्ञानेन्द्र ढुंगानाको कार्यकाल सकिएसँगै उनी नयाँ अध्यक्ष चुनिएका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: