
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताउनुभएको छ । २५ औं महानगर दिवसका अवशरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताउनुभएको हो । विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पूर्ननिर्माणको काम एक वर्ष ढिलागरि सुरु भएको उहाँले बताउनुभयो ।
मेयर शाक्यले आफुले निर्वाचनका समयमा जाहेर गरेका प्रतिवद्धता सबै नभएपनि धेरै काम भएको बताउनुभयो । ‘केही काम गर्न पनि बाँकी छन् । त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन् । अन्य पार्टीले घोषणा गरेका राम्रा कुराहरु आफ्नै बनाएर लागु गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
२५ औं महानगर दिवसका अवशरमा सडकमानव मुक्त अभियानको घोषणा गरिएको छ । महानगर स्थापना भएको दिनको सम्झनामा भएको कार्यक्रममा सडकमानव मुक्त अभियानको घोषणा गरिएको हो ।
उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो । अबको स्थानीय तहमा वडाध्यक्ष, उपप्रमुखमा मात्रै सिमित भएर विकास सम्भव नभएको भन्दै उहाँले स्थानीय तहको प्रमुख र अरु संवैधानिक निकायहरुमा महिलाहरुको सहभागिता महत्वपूर्ण रहने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्