×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुहेश्वरीमा छिट्टै फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन हुन्छ : खानेपानीमन्त्री बिना मगर (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गुहेश्वरीमा छिट्टै फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन हुन्छ : खानेपानीमन्त्री बिना मगर (भिडियो रिपोर्ट)

२७ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – खानेपानी मन्त्री बिना मगरले काठमाडौंको गुहेस्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने बताउनु भएको छ । मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरिक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अव छिट्टै उद्घाटन हुने मिति तय हुने बताउनुभयो । उहाँले प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताउनुभएको हो ।
दुई वर्ष अघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य २०७६ साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो । तर केही ढिला भएपनि काम सम्पन्न भएको मन्त्री मगरले बताउनुभयो । सरकारले बागमती नदिको सफाई अभियान अन्तर्गत काठमाडौं उपत्यकाको ढल सिधै नदिमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो । २ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: