
काठमाडौँ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल चयन भएका छन् ।संघको नयाँ नेतृत्वका लागि अरू कसैको उम्मेदवारी नपरेपछि सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाल नै निश्चित भएका हुन् । संघको ३३ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्ष पदमा चयन गर्नेछ ।
आउँदो बिहीबार अर्थात मंसिर १८ गते संघको सधारणसभा हुँदैछ । संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाको दुईवर्षे कार्यकाल सकिएपछि उक्त पदमा दाहालको उम्मेदवारी परेको हो ।
दाहाल यस अघि दुई कार्यकालसम्म संघको कार्य समितिमा सदस्य थिए । दाहालसँग बैंकिङ क्षेत्रको २८ वर्षको अनुभव रहेको छ । दाहालले नबिल बैंकबाट करिअर सुरु गरेका हुन् । सहायक पदबाट बैंकिङ करियर सुरु गरेका दाहालले करिब २२ वर्ष नबिल बैंकमै काम गरे । नबिलबाट बाहिरिँदा उनी प्रमुख सञ्चालन अधिकृत (सीओओ) थिए । ६ वर्षअघि उनी डेपुटी सीईओमा सानिमा गएका हुन् । त्यसको ६ महिनापछि उनले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए ।
यस्तै संघको उपाध्यक्षमा अनुकुल भटनागर नै चयन भएका छन्। यस अघि पनि उपाध्यक्ष रहेका भटनागर संघको अध्यक्षका प्रमुख दावेदार भएपनि भारतीय नागरिक भएको हुनाले संघको नेतृत्व गर्न दाहालमाथि दवाव परेको थियो । भटनागर एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।
संघमा सदस्यहरूमा गोविन्द गुरूङ, रमेशराज अर्याल र सुमन शर्मा कायम नै रहेका छन् भने अन्य चार नयाँ अनुसार थपिएका छन् । संघको सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्