काठमाडौँ – बुढीगण्डकी प्रभावित क्षेत्रका स्थानीयहरुले जनप्रतिनिधिहरुलाई गाउँ जान प्रवेश निषेध गर्ने भएका छन् ।
उनीहरुले मुआब्जा कम भएको भन्दै आन्दोलन गरिरहदा समेत एकवद्धता जनाउन नआएकाले जनप्रतिनिधिलाई त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको बताएका हुन् । आन्लदोलनरत धादिङ विशालनगर खहरेका सुमन धरेलले जनप्रतिनिधिलाई निषेध गरिएको बताउनुभयो । उहाँले हरेकदिन काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गर्दै आउँदा समेत सकरारले आफुहरुको मागप्रति कुनै चासो नदिएको बताउनुभयो । बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुआब्जाको मूल्य निर्धारणमा पुर्नविचार गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले हरके दिन आदनेलन गर्दै आएको छ । तर सरकारले अहिले सम्म जनताको माग पुरा गर्न कुनै सुनुवाई नगरेको र जनप्रतिनिधिले समेत चासो नदिएकाले त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको धरेलले बताउनुभयो ।
सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्