
काठमाडौं । तीन वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । तीनै बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दतीतर्फ संस्थागत निक्षेपमा ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत रहेपनि बचतमा भने फरक–फरक ब्याजदर रहेको छ ।
नयाँ ब्याजदर सार्वजनिक गर्ने बैंकहरुमा एभरेष्ट बैंक, नबिल बैंक र कुमारी बैंक रहेका छन् ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले हाल २७ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचतमा सबैभन्दा बढी ६ प्रतिशत र सबैभन्दा कम ४ प्रतिशत ब्याज दिने भएको छ ।
यस्तै बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज तिर्नुपर्नेछ । हाउजिङ लोन लिँदा १५.७७, शैक्षिक धितोकर्जा १५.५२, हाउजिङ लोन १४.५२, भेहिकल लोन १५.२७, सेयर धितोकर्जामा ऋण लिँदा १५.२७ प्रतिशत ब्याज लाग्नेछ भने ओभरड्राफ्ट, टर्म लोन, फिक्स लोन लिँदा १६.०२ प्रतिशत ब्याज लाग्नेछ ।
हाल बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ ।
नबिल बैंक
हाल नबिल बैंकका १८ वटा बचत खाताहरु संचालनमा रहेका छन् । नबिलले बचत खाताहरुमा सबैभन्दा बढी ५.७५ र सबैभन्दा कम ब्याज ३.७५ प्रतिशत ब्याज दिनेछ ।
यस्तै बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ब्याज १४.४४ प्रतिशत ब्याज लाग्नेछ । बैंकबाट हाउजिङ, मोटरेज, अटो लोन लिँँदा १२.४४ प्रतिशत, पर्सनल लोन, टर्म लोन, ओभरड्राफ्ट लोन लिँदा १३.९४ प्रतिशत, शैक्षिक धितोकर्जा लिँदा १२.९४ प्रतिशत ब्याज लाग्नेछ भने अन्य प्रकृतिको ऋण लिँदा १४.४४ प्रतिशत ब्याज लाग्नेछ ।
कुमारी बैंक
यस्तै कुमारी बैंकले हाल १८ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम २.५० प्रतिशत छ । बैंकबाट ब्याज लिँदा १८.६२ प्रतिशत ब्याज लाग्नेछ ।
बैंकबाट होम लोन, शैक्षिक धितोकर्जा, अटोलोन, सेयर धितोकर्जा लिँदा १८.६२ प्रतिशत ब्याज लाग्नेछ ।
हाल बैंकको आधार दर १०.६२ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्