
काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ९ गते साधारण सभा बोलाएको छ । संस्थाले आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती दिन साधारण सभा बोलाएको हो । चौतारीको साधारण सभा दियालो फुडल्याण्ड, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्दैछ । मर्जरपछि कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहनेछ । मर्जपछि संस्थापकको ६३.६६% र सर्वसाधारणको ३६.३४% सेयर स्वामित्व हुने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव पनि छ । दुई कम्पनी एक भएपछि कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।
सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्नुका साथै मर्जरपश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने प्रस्तावहरु पारित गर्नेछ । यस्तै मर्जपछि संस्थापकको ६३.६६% र सर्वसाधारणको ३६.३४% सेयर स्वामित्व हुने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव पनि छ ।
सभामा १७.८९% लाभांश वितरण गर्ने एजेन्डा पनि छ । कम्पनीले २०७५/७६ को नाफाबाट ७% बोनस सेयर र १०.८९% नगद लाभांश वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि चौतारीले मंसिर २२ गते देखि पुस ९ गतेसम्म बुक क्लोज गर्दैछ ।
हाल १८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारी लघुवित्तको बोनस वितरणपश्चात पूँजी १९ करोड ९० लाख रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १५ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्