
काठमाडौँ – काठमाडौँमा शुक्रबारबाट चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । चिनिया दुतावासको आयोजनामा काठमाण्डौको कुमारी हलमा सुरु भएको चलचित्र महोत्सव दुई दिन सम्म चल्ने छ । ‘द परेड अफ सेभेन्टी एनिभर्सरी अफ द पिपुल रिपब्लिक अफ चाइना’, ‘द ग्रेटवाल फिल्म’ प्रदर्शनी गरिएको हो । महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संयुक्त रुपमा गर्नुभएको थियो ।
सो अवसरमामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले दुई दिने चिनिया चलचित्र महोत्सवबाट नेपाली दर्शक र फिल्म क्षेत्र, साहित्य जगतले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । उहाँले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन धेरै भन्दा धेरै चिनियाँ पर्यटकहरु नेपाल घुम्न आउने विश्वास आफुले लिएको बताउनुभयो ।
महोत्सव अन्तर्गत काठमाडौंमा ११ र १२ गते, पोखरामा पुस २० र लुम्बिनीमा पुस २३ गते चिनियाँ चलचित्र देखाइनेछ । पोखराको मिड टाउन ग्यालरीमा र लुम्बिनीमा लुम्बिनी विकास कोषको सभाकक्षामा देखाईनेछ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्