
काठमाडौँ । मङ्सिर २० गते शुक्रबार ग्लोबल आइएमइ बैंकको कर्पोरेट कार्यालयमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम यस कारण पनि भव्य थियो कि देशका दुई वाणिज्य बैंकहरु ‘एक’ हुँदै थिए । तर यति भव्य कार्यक्रम ‘सभ्य’ भने थिएन । कार्यक्रमका केहि दृश्यहरु हेर्दा लाग्थ्यो यो कुनै बैंकको कार्यक्रम होइन, बरु अस्तव्यस्त देखिने कुनै उपभोक्ता समितिको कार्यक्रम हो । कसलाई पहिला आशन ग्रहण गराउनुपर्छ भन्नेसमेत थाहा नभएका कार्यक्रम संचालक विष्णु बास्कोटाले संचालन गरेको उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको घोर अपमान मात्र भएन, ‘अतति’ भएपछि उनी कार्यक्रम स्थलबाटै बाहिरिनुपर्यो ।