×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा विस्तार, शाखा सञ्जाल १०५ पुग्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा विस्तार, शाखा सञ्जाल १०५ पुग्यो

१८ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काठमाडौंको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०५औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
उक्त नयाँशाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् ब्राण्ड एम्बेसेडर द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । शाखा कार्यालयको सो उदघाटन कार्यक्रममा कम्पनीका प्रमुखबजार व्यवस्थापन अधिकृत कवि फुयाँल, तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, नगर चेम्बर अध्यक्ष रामप्रसाद महर्जन लगायत समाजकालब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तारकेश्वरका नगरपालिका लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा शुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले शाखा संचालनमा ल्याएको हो ।
ब्राण्ड एम्बेसेडर मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मथलो समेत रहेको यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहज तथा सुलभ रुपमा सेवा उपलब्ध गराउन लागेकोमा कृतज्ञताज्ञापन व्यक्त गरेका छन् । स–सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका काम गर्दै जाने तथा आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने भनाइ ब्राण्ड एम्बेसेडर हरिवंश आर्चायको थियो ।
तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले सिटिजन लाइफसँगको सहकार्यमा नगरवासी माझ बीमा सचेतना अभिवृद्धि गर्न तथा जीवन बीमा योजनाहरु लैजान नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गर्ने बताए । विसं. २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिति सशक्त बनाउन सफल भएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: