×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै प्रेस काउन्सिलमा धर्ना, अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी…! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै प्रेस काउन्सिलमा धर्ना, अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी…! (भिडियो रिपोर्ट)

Artha Sarokar

२७ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन् । पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफुहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन् । उनीहरुले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रिय संघर्स समितिका संयोजक दिपक पाण्डेले प्रेस काउन्सिलले वषौंदेखि गर्दै आएको अन्याय र अत्याचारको निर्मुल गर्ने अभियानमा आन्दोलन गर्नुपरेको बताउनुभयो । 
उहाँले काउन्सिलमा आफना मागहरु सहितको ज्ञापनपत्र बुझाउँदा समेत छलफलका लागि नबोलाइएको भन्दै पत्रकारहरुको वर्गिकरण गर्न नहुने बताउनुभयो । उहाँले पत्रिका वर्गिकरणको नाउँमा स्रोत र साधनको दोहन गरीएको समेत बताउनुभयो ।
आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको आरोप समेत लगाएका छन् । उनीहरुले प्रेस काउन्सिललाई पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्नेगरी वातावरण निर्माण गर्न समेत माग गरेका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी