×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड कम्युनिटी मिक्रोफाइनान्सले गर्यो ४५% लाभांश दिने घोषणा, बोनस सेयर र नगद लाभांश कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फरवार्ड कम्युनिटी मिक्रोफाइनान्सले गर्यो ४५% लाभांश दिने घोषणा, बोनस सेयर र नगद लाभांश कति ?

Artha Sarokar

१६ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लि.ले ४५% लाभांश दिने घोषणा गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको ८५औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ३२.५०% बोनस शेयर र १२.५०% नगद गरी कुल ४५% लाभांश दिने निर्णय गरेको हो ।
हाल संस्थाको चुक्ता पुँजी ३७ करोड ७३ लाख रुपैयाँ रहेको छ । ३२.५० बोनस शेयर पश्चात संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी