काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २० रुपैयाँ कायम गरेको छ ।