काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपैयाँ कायम गरेको छ ।