काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ९ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४१ रुपैयाँ ५ रुपैयाँ कायम गरेको छ ।