×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न, ८.०१% लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न, ८.०१% लाभांश पारित

Artha Sarokar

१५ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा चौथो वार्षिक साधारणसभा धनकुटामा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्तापूँजी ७ करोड ७५ लाखको ८.०१% लाभांश प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओमप्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ । हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ ।
संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरी ११ करोड रुपैयाँभन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चातवित्तीय संस्थाको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी